आइएस लडाकू र सिरियाली सैनिकबीचको द्वन्द्वमा परी १५० जनाको मृत्यु

दमास्कस, १९ भदौ । सिरियाली सेना र इश्लामिक स्टेट (आइएस) लडाकूबीच भएको भडपमा परी दुवैतर्फ गरी कम्तीमा १५० जना लडाकूको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थालाई उद्धृत गर्दै सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “पछिल्ला झडपमा सिरियाली हामा क्षेत्रको युकायरिबात शहरमा भएका भडपमा परी १२० जना आइएस लडाकूको मृत्यु भएको छ । त्यसैगरीे ३५ जना सिरियाली सरकार पक्षधर सेनाको मृत्यु भएको छ ।”

युकायरिबात शहर जिहादी समूहको लडाकूले सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएको आइएस प्रभावित क्षेत्र हो । उक्त क्षेत्रमा आइएसको प्रभावमा रहेका हातमा गन्न सकिने केही गाउँमध्ये युकायरिबात एक गाउँ हो ।

मानव अधिकारवादी संस्थाका प्रमुख रमी अव्देल रहमानले भने, “सरकार पक्षधर सेनाले उक्त शहरलाई शुक्रबार आफ्नो कब्जामा लिएको जनाइएको छ । तर आइएसले भने शहरको अधिकांशस्थान अझै आफ्ना लडाकूको नियन्त्रणभित्र रहेको भनी प्रतिक्रिया दिएको छ । ”

सिरियाली तथा रसियाली हवाई आक्रमणपछि उक्त शहरलाई सरकार पक्षधर सेनालाई आइतबार बिहान जिम्मा लगाइएको छ भने विद्रोही लडाकू शहर छोडेर नजिकका जिहादी समूदायको प्रभावमा रहेमको गाउँमा शरण लिएका बताइएको छ ।

पछिल्ला केही महिना यता आइएस समूहले एकपछि अर्को गर्दै सिरियाको राका तथा इराकमा ठूला पराजयको सामना गर्नुपरेको छ ।

सिरियामा सन् २०११ मा शुरु भएको सरकार विरोधि आन्दोलनमा परी तीन लाख २० हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ भने झण्डै आधा जनसङ्ख्या आन्तिरिक तथा बाह्यरूपमा विस्थापित बनेको छ ।

Loading...