उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित

एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ ।

उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय विशेषज्ञका अनुसार उत्तर कोरियाले आफ्नो परमाणु हतियारको क्षमतालाई अगाडि बढाएको छ तर बमलाई मिसाइलमा राख्ने कुरामा सफलता हाँसिल गरेको छ छैन भन्ने बारे स्पष्ट भएको छैन ।

सरकारी समाचार सेवा केसीएनएका अनुसार देशका नेता किम जोंग उनले परमाणु हतियार इन्स्टिच्यूटका वैज्ञानिकसँग भेटघाट गरे र हतियारको विकासको कामलाई अगाडि बढाउन निर्देशन दिए ।

रिपोर्टका अनुसार इन्स्टिच्यूटले केही समय अघिमात्र उन्नत परमाणु बम बनाएको छ ।

रिपोर्टमा भनिएको छ, ‘किम जोंग उनले बमलाई अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलमा राखिरहेको देखिएको छ ।’ किम जोंगले उक्त बम निरिक्षण गरिरहेको तस्बिर पनि जारी गरिएको छ ।

रिपोर्टमा भनिएको छ, ‘यो एक बहुउद्देश्यीय थर्मोन्यूक्लियर परमाणु बम हो जुनसँग महाविनाशकारी शक्ति छ । यसलाई निकै माथि गएर पड्काउन सकिन्छ ।’

केही महिनादेखि उत्तर कोरियाले थुप्रै मिसाइल परिक्षण गरिरहेको छ । यस्ता हतियारको पनि परिक्षण गरिएको छ जसको पहुँच अमेरिकासम्म छ ।

पछिल्लो हप्ता मात्र उत्तर कोरियाले जापानको आकाशमा एक मिसाइल परिक्षण गरेको थियो । जापानका प्रधानमन्त्री शिन्जा आबेले यसलाई अभूतपूर्व खतरा बताएका थिए ।

उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी क्षेत्र गुआममा पनि मिसाइल हमला गर्ने धम्की दिएको छ । अगस्टमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको विनासको धम्की दिएका थिए ।

Loading...