वडा वडामा मेलमिलाप केन्द्र स्थापना स्थापना गर्दै काठमाडौँ महानगर पालिका

काठमाडौं महानगरकाको प्रत्येक वडामा र महानगर पालिकामा गरि ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् । बुधबार महानगर पालिका द्वारा आयोजित मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागीलाइ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जिम्मेवारीका शपथ ग्रहण गराउनुभएको थियो ।
तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरीप्रसाद खतिवडाले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले मुद्दाको समस्यालाई मेलमिलाप बात समाधान गरिने बताउदै ” पक्ष बिपक्षका आफ्ना दुवै आफ्नै अडानका कारण विवाद सृजना हुन्छ । यी दुवै गरीका अडानलाई दुवै पक्षको जीत हुने ठाउँमा पुयाउन मेलमिलापकर्तामा धैर्यताका साथै सहनशिलता र कुशलतापूर्वक काम गर्ने सीप चाहिन्छ । यो काम सजिलो छैन तर पनि म बिश्वाश गर्छु कि हरेक वडामा एक मेलमिलाप केन्द्र भइसकेपछि महानगरमा आउने मुद्दाको संख्यामा कमी आउनेछ । अहिले मेयर, उपपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेका छौं । मेलमिलापकर्ताको सक्रियताले हामीकहाँ आउने मुद्दाको चाप कम हुनेछ । यसबाट नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घट्छ ।”

कार्यक्रमका परमुख अठिथि न्यायाधीश खतिवडाले समाजका सृजना हुने गरेका बिबादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी रेअहेका ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताउनुभयो । येस्ता मुद्दा अदालतमा ल्याउनुको सट्टा विवादलाई त्यत्तिकै छोड्दा, सामान्य समस्या जटिल बन्न सक्ने बताउदै पक्ष बिपक्ष राखेर गरिने मेलमिलाप विवाद निरुपणको सबैभन्दा उत्तम उपाय हुनसक्ने बताउनु भयो ।
कार्येक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफुले कानुनबमोजिम प्राप्त गरेका जिम्मेवारीमध्ये न्यायिक समितिको काम , जिम्मेवारी बढी महत्वपूर्ण भएको बताउदै ” उचित समयमा निर्णय नहुनु न्याय नपाउनुसहर हो । त्यसैले अब वडामा गठन हुने मेलमिलाप केन्द्रलाई शशक्त बनाउनमा मेरो ध्यान जानेछ । यसले महानगरको न्यायिक समितिमा आउने विवादलाई वडा तहमै समाधान गर्नेछ ।”
कार्यक्रममा महानगरका कानुनी सल्लाहकार टीकाराम भट्टराईले न्याय सम्पादनमा मेलमिलाप केन्द्रको भूमिकाबारे प्रसिक्षार्थिहरुलाई आफुले निर्वाह गर्नुपर्ने दाइत्वोका बारेमा बताउनु भयो ।

महानगरका कानुनु महाशाखा प्रमुख बसन्त आचार्य, मेलमिलाप केन्द्र स्थापना गर्ने बिषयमा प्रतिक्रिया

काठमाडौं महानगरकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना स्थापना गर्दै काठमाडौँ महानगर पालिका

Loading...