वडा वडामा मेलमिलाप केन्द्र स्थापना गर्दै काठमाडौँ महानगर पालिका

न्याय सम्पादनमा सहजता र मुद्दाको संख्यामा कमी आउने अपेक्षा

भाद्र ५ काठमाडौँ । काठमाडौं महानगरकाको प्रत्येक वडामा र महानगर पालिकामा गरि ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् ।

बुधबार महानगर पालिका द्वारा आयोजित मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागीलाइ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले १३४ जना मेलमिलापकर्तालाइ जिम्मेवारीका शपथ ग्रहण गराउदै मुद्दाको समस्यालाई मेलमिलाप बात समाधान गरिने बताउए । प्रमुख शाक्यले ” पक्ष बिपक्षका आफ्ना दुवै आफ्नै अडानका कारण विवाद सृजना हुने हुदा  यी दुवै गरीका अडानलाई दुवै पक्षको जीत हुने ठाउँमा पुयाउन मेलमिलापकर्तामा धैर्यताका साथै सहनशिलता र कुशलतापूर्वक काम गर्ने सीप चाहिन्छ । यो काम सजिलो छैन तर पनि म बिश्वाश गर्छु कि हरेक वडामा एक मेलमिलाप केन्द्र भइसकेपछि महानगरमा आउने मुद्दाको संख्यामा कमी आउनेछ । अहिले मेयर, उपपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेका छौं । मेलमिलापकर्ताको सक्रियताले हामीकहाँ आउने मुद्दाको चाप कम हुनेछ । यसबाट नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घट्छ ।”

मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरीप्रसाद खतिवडाले प्रशिक्षार्थिलाइ प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
न्यायाधीश खतिवडाले समाजका सृजना हुने गरेका बिबादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी रेअहेका ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताउनुभयो । येस्ता मुद्दा अदालतमा ल्याउनुको सट्टा विवादलाई त्यत्तिकै छोड्दा, सामान्य समस्या जटिल बन्न सक्ने बताउदै पक्ष बिपक्ष राखेर गरिने मेलमिलाप विवाद निरुपणको सबैभन्दा उत्तम उपाय हुनसक्ने बताउनु भयो ।


कार्येक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आफुले कानुनबमोजिम प्राप्त गरेका जिम्मेवारीमध्ये न्यायिक समितिको काम , जिम्मेवारी बढी महत्वपूर्ण भएको बताउदै ” उचित समयमा निर्णय नहुनु न्याय नपाउनुसहर हो । त्यसैले अब वडामा गठन हुने मेलमिलाप केन्द्रलाई शशक्त बनाउनमा मेरो ध्यान जानेछ । यसले महानगरको न्यायिक समितिमा आउने विवादलाई वडा तहमै समाधान गर्नेछ ।” 


कार्यक्रममा महानगरका कानुनी सल्लाहकार टीकाराम भट्टराईले न्याय सम्पादनमा मेलमिलाप केन्द्रको भूमिकाबारे प्रसिक्षार्थिहरुलाई आफुले निर्वाह गर्नुपर्ने दाइत्वोका बारेमा बताउनु भयो ।

महानगरका कानुनु महाशाखा प्रमुख बसन्त आचार्य द्वारा लेखिएको किताव मेलमिलाप पुस्तक बिमोचनको समेत बिमोचन गरिएको छ ।

काठमाडौं महानगरकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना स्थापना गर्दै काठमाडौँ महानगर पालिका

Loading...