नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’ हुने

श्रावण ३२ , काठमाडौं । सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै एक्टिभ प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले देशविदेशमा रहेका सम्पूर्ण नेपालीको साथै नेपालमा वसोवास गर्दै गरेका विदेशीहरुबाट समेत लुकेका प्रतिभाको खोजी गर्न कार्यक्रम गर्न लागेको जानकारी दिइन्् ।
सो कार्यक्रममा गायन वा नृत्यमात्र नभई बाइक स्टन्ट, बिएमएक्स जस्ता एडभेन्चर स्पोर्ट््सदेखि लिएर मार्सल आर्ट, विटबक्स, चित्रकला, फोटोग्राफी लगायत हरेक प्रतिभा प्रस्तुत गर्न सकिने जनाइएको छ ।
अहिले सुटिङको लागि सेट बनाउने काम भइरहेको छ । बालाजुस्थित एनएफडिसिमा नेपालकै सबैभन्दा ठुलो स्टेज बन्दै गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन्् ।
अब प्रतिस्पर्धाका लागि प्रतिभाको खोजि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा एकलमात्र होइन, जोडी र समूहमा समेत भाग लिन पाइनेछ । अन्तिम प्रतिस्पर्धामा प्रथम हुनेले नगद रु १० लाख, दोश्रो हुनेले ८ लाख र तेश्रो हुनेले ६ लाख नगद पुरस्कार हात पार्नेछन्् ।
प्रतिस्पर्धामा विजेताको छनौट भोटिङको साथै १२ जना निर्णायकबाट हुने जनाएको छ ।
‘रियालिटि शो र फ्रेन्चाइजनको नाममा करोडौं रुपैयाँ नेपाल बाहिर गइरहेको छ । यसरी करोडौं रुपैयाँ विदेशमा पठाउनुभन्दा कार्यक्रमको स्तरीयतामा लगानी गरौंला बरु’ श्रेष्ठले भन्नुभयो ।
आफुसँग भएका कुनै पनि प्रतिभा उजागर गर्न कार्यक्रममा भाग लिन पनि श्रेष्ठले आव्हान गर्नुभयो । अडिसनमा भाग लिन धधध।जभचयलभउब।िअयm अथवा हिरो नेपालको मोबाइल आय््प मार्फत आवेदन दिन सकिने जनाएको छ ।

Loading...