पुरै वन व्यक्तिको नाममा

काभ्रे, ३१ साउन् । आफ्नो रैकर जग्गासँग सिमाना जोडिएको वनसमेत कित्ताभित्र पारिदिने काममा मालपोत कार्यालयका सुब्बा पदका कर्मचारीको हात रहेको अनुसन्धानले देखाएको छ।

साविक शारदा बतासे पञ्चायत ३ ख हालको धुलिखेल नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५ को वन क्षेत्र प्लटिङ गरी बिक्री गर्ने समूहविरुद्ध जिल्ला वन कार्यालयमा स्थानीयहरूले उजुरी दर्ता गराएपछि थालिएको अनुसन्धानले यस्तो तथ्य देखाएको हो। रामेन्द्र रानाभाट २०४५ साल मंसिर २८ गते मालपोत कार्यालय काभ्रेमा सुब्बा थिए। उनै सुब्बाले जग्गा दर्ताका लागि टिप्पणी उठाए।

उनले टिप्पणी उठाउँदा मालपोत कार्यालयका प्रमुखको पदमा शंकरप्रसाद ढुंगाना थिए। ढुंगाना त्यसै सालको पुसदेखि सरुवा भए। उनै रानाभाट तीन महिनाका लागि कामु प्रमुख भए। कामु प्रमुख हुँदाका बखत आफैले उठाएको टिप्पणीलाई विभागको राय नलिई ‘समितिको सिफारिस’ भन्दै जग्गा दर्ता गरिदिने निर्णय गरे। नेपालसमाचार पत्रमा मोतीराम तिमल्सिनाले समाचार लेखेका छन्।

Loading...