सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।

अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।

Loading...