साहस बन्यो स्पोर्टस अवार्डका लागि सहप्रायोजक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्ट्ससँग ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७३’ का लागि सहप्रायोजन सम्झौता गरेको छ । कम्पनी सुरु भएको पहिलो वर्ष नै साहस स्पोर्ट्सले मञ्चसँग सहकार्य गरको हो । मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

साहस स्पोर्ट्सले मञ्चलाई ३ लाखबराबरको सामग्री उपलब्ध गराउनेछ । सम्झौताअनुसार साहसले पल्सर स्पोर्ट्स अवार्ड–२०७३ मा मनोनयनमा पर्ने सबै खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई ट्रयाकसुट तथा मञ्चलाई टि–सर्ट र क्याप उपलब्ध गराउनेछ ।

मञ्चका अध्यक्ष आचार्यले साहस स्पोर्ट्सस“ग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । साहसका प्रबन्ध निर्देशक न्यौपानेले कम्पनी स्थापनाको पहिलो वर्ष नै प्रतिष्ठित अवार्डस“ग जोडिन पाएको गर्व महसुस भएको जनाए । अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा रहेका छन् । यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन पनि चाँडै सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।

Loading...