बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली

बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् ।

बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट घेरिएको लालू यादव परिवारको लागि पहिलेको जस्तो भिड जुटाउन गाह्रो हुनेछ ।

बिहारका २१ जिल्लामा आएको बाढीको स्थिति पनि यसपटक ठूलो र्यालीको आयोजनाको बाटोमा ठूलो तगारो थियो । तर, सबै बाधा पार लगाउँदै आरजेडी नेतृत्वले पटनाको गांधी मैदानमा ठूलो आम सभा आयोजना ग¥यो ।

यसबाट एउटा कुरो प्रष्ट भयो की बिहारमा महागठबन्धन कायम छ । यसबाट ‘राज–पाट’ लिएर नीतीश र उनको विधायक मात्र निस्केर गएका हुन् । राजनीतिक–सामाजिक स्तरमा आरजेडीको अगुवाईमा बीजेपी–संघ विरोधी विपक्षी गठबन्धन पहिलेको जस्तै कायम छ ।

आइतबारको भाजपा भगाउ–देश बचाउ ¥यालीको मुख्य आककर्षण क्षेत्रीय दलहरू रहे । पटक पटक गल्ती गर्ने परिपाटी कायम राख्दै बीजेपी–विरोधी विपक्षी खेमाको सबैभन्दा ठूलो दल कांग्रेसका शीर्ष नेता अनुपस्थित थिए । सोनिया र राहुल गान्धी दुवै उपस्थित भएनन् । राहुल नर्वेको भ्रमणमा थिए भने सोनिया अस्वस्थ बताइएको थियो ।

मञ्चबाट सोनिया गान्धीको रेकर्डेड भाषण सुनाइएको थियो जबकि राहुलको लिखित सन्देश पढिएको थियो । कांग्रेसको तर्फबाट उसको दुई वरिष्ठ नेता गुलाम नबी आजाद र सीपी जोशी मञ्चमा थिए । आजादले भाषण पनि दिए । ¥यालीमा लालूप्रसाद यादव, ममता बनर्जी र शरद यादव, तीनै नेता सन् २०१५ को बिहार जनादेश को साथ धोखाधडी गरेको भन्दै नीतीश कुमारको जमेर आलोचना गरे ।

शरदले आफैलाई जनता दल–विरासतको असल दावेदार बताउँदै नीतीशलाई पुरै तरिकाले खारेज गरिदिए । ममताले आफ्नो सम्बोधन मार्फत ¥यालीलाई राष्ट्रिय झलक दिने कोशिस गर्दै प्रधानमन्त्री मोदी र उनको पार्टीका नीतिप्रति पनि प्रहार गरिन् । उनले नोटबन्दी–जीएसटी र साम्प्रदायिक फासिवाद सहित कयौ मुद्दा उठाउँदै भनिन् मोदी सरकार देशको साझा इतिहास समाप्त गर्ने खतरनाक योजना बनाइरहेको छ ।

के लालु अहिले पनि बिहारमा लोकप्रिय छन् ?
लालू, शरद, सुधाकर रेड्डी र यहाँसम्मकी राबड़ी देवीले पनि बीच–बीचमा मोदी सरकारका जनविरोधी नीतिप्रति प्रहार गरे । तर, ¥यालीको मुख्य राजनीतिक निशाना बिहारको नीतीश–बीजेपी गठबन्धन नै रह्यो ।

यस ठूलो ¥यालीबाट राष्ट्रीय जनता दलको सांगठनिक–राजनीतिक प्रभावमा निश्चय नै बल मिल्नेछ , तर यसबाट ज्यादा भ्रष्टाचारका नया–नया आरोपबाट घेरिएका आरजेडी अध्यक्ष लालू प्रसाद यादव र उनको परिजनको यो भरोसा पनि प्राप्त भयो की सत्ताबाट बाहिर हुदाका बावजूद बिहारमा उनको जनाधारमा अहिलेलाई कुनैकमी आएको छैन ।

यस ¥यालीको सफलता राजनीतिक समाजशास्त्र को बुझाइबाट यस कुरालाइ अगाडी ल्याउछ की बिहारमा भ्रष्टाचार कुनै ठूलो मुद्दा होइन । कम्तिमा पनि यस आधारबाट कुनै दल या नेताको लोकप्रियताको आकलन गर्न सकिदैन ।

मीडिया जनित छवि

बिहारको राजनीतिमा सामाजिक आधार बढी महत्वपूर्ण छ। कुनै नेता या दलको लोकप्रियता उसको सामाजिक आधारमा निर्भर रहने गरेकाे छ न कि उसको योग्य या मीडिया कवरेजबाट उठेको छविमा । 

देशकाे अरु हिस्सामा नेता या काेही महत्वपूर्ण मानिसको मीडिया–जनित छविलार्इ बढी देखाइन्छ । त्यसले जनताको निर्णयमा धेरै असर गरेको पाइन्छ । तर, बिहारको राजनीतिमा लालूप्रसाद यादव यसका अपवाद मान्निन्छन् ।

आफ्नो सामाजिक आधारमा मानिसका लागि ठोस काम, खास गरी उनको बहुमुखी विकास, जस्तै (भूमि सुधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा धेरै ठोस उपलब्धि नहुँदा पनि उनले पकड कायम राखेका छन ।

बढ्नेछ शरद–नीतीश टकराव

एक समय यूपीमा मायावतीको पनि यस्तै अवस्था थियो । तर, यता उनले आफ्नो सामाजिक आधारको बीच पहिलेको लोकप्रियता गुमाउँदै गएकि छन् । राजनीतिक समाजशास्त्रका शोधकर्ताका लागि यो विचारोत्तेजक विषय हुन सक्छ ।

¥याली पश्चात् शरद यादवलाई सांगठनिक कार्वाही हुने लगभग निश्चित भएकाे छ। नीतीशको नेतृत्ववाला जनता दल आफ्ना पूर्व राष्ट्रिय अध्यक्षलाई तुरुन्तै पार्टीबाट निकाल्न सक्छ या कमसेकम निलम्बित पर्न सक्छ ।

आज खुलेआम नितीश विरोधी मञ्चमा भाषण दिएर शरदले सम्भावित अनुशासनको कारवाहीलाई आमन्त्रित गरेका छन् । यस पश्चात् शरद र नीतीश खेमाको बीच टकराव अरु बढ्नेछ ।

अहिलेसम्म जेडीयू विधायक दलमा कुनै फूट देखिएको थिएन । तर, नितीश खेमाका लागि अगाडिको बाटो सजिलो छैन । ¥यालीमा आरजेडीसमर्थकका साथै जेडीयूका शरद–समर्थक कार्यकर्ता पनि उल्लख्य संख्यामा आएका थिए । केही कांग्रेस समर्थक पनि आएका थिए तर उनीहरूको सङ्ख्या थोरै थियो ।

Loading...