पाकिस्तानको पञ्जाबले गर्यो ६९ जना आतंकवादीको सूची सार्वजनिक

पाकिस्तान, ११ भदौ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबले आइतबार विभिन्न ६९ जनालाई आतंककारीको अति वाञ्छित (मोस्ट वान्टेड) सूचीमा राख्दै पाकिस्तानको उत्तरपश्चिमी खाइवर पाखथुख्वा (केपीके) प्रान्त सरकारलाई पक्राउ गर्न सहयोगका लागि जानकारी गराएको छ ।

प्रति व्यक्ति ५०० देखि एक लाख अमेरिकी डलरसम्मको टाउकाको मूल्य तोकी आतंककारीलाई पक्राउ गर्न आग्रह गरेको स्थानीय उर्दू सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पञ्जाब सरकारले केपीके प्रशासनलाई मोस्ट वान्टेड सूची उपलब्ध गराउँदै उनीहरूमाथि कारबाहीका लागि आग्रह गरेको हो । पञ्जाब सरकारले आफ्नो राज्यमा आतंककारीको सूचीमा रहेका उनीहरू उत्तरपूर्वी प्रान्तमा बसोबास गर्दै आएको तथा उनीहरूको छिमेकी मुलुकसँग साँठगाँठ रहँदै आएको जनाएको दुन्या न्यूजले उल्लेख गरेको छ ।

आतंककारीको सूची प्रहरीसहित अन्य सम्बद्ध सुरक्षा निकायलाई समेत उपलब्ध गराइएको छ । पञ्जाबले अतिवादी लडाकू मुलुकको शान्ति तथा अमन चयन र देशको बिग्रँदो कानूनी अवस्थाका लागि जिम्मेवार रहेको बताउँदै उनीहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरको छ ।

सूचीलाई अपराधमा जिम्मेवार व्यक्तिको तहलाई विभिन्न तीन समूहमा बाँडेको छ । सूची सार्वजनिक गर्दा उनीहरूको अपराधको भिन्नाभिन्नै प्रकृतिबारे केही जानकारी गराइएको छैन ।

सूचीमा रहेका ३७ जना आतंककारी विभिन्न समूहमा सम्लग्न रहेको तथा बाँकी अन्य व्यक्ति स्वतन्त्र रूपमा नै आतंककारी गतिविधिमा संलग्न हुनेगरेको बताइएको छ ।

केपीकेले सूचीमा रहेका आतंककारीलाई पक्राउ गर्न विशेष समूह बनाइसकेका जनाएको छ ।

Loading...