यो साता तीन अर्ब बढीको शेयर कारोबार

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन्।

कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो। गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार ४६० कित्ता शेयर खरिद–बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ६१७ दशमलव ८१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ०४ अङ्कले घटेर ३३९ दशमलव ९४ अङ्कमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। सो कम्पनीको रु १९ करोड ७५ लाख ८० हजार बराबरको शेयर कारोबार भएको थियो।

त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम एक अग्रस्थानमा रहेको छ। सो स्किमको ३६ लाख २३ हजार इकाई कारोबार भएको थियो।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

स्कटका अनुसार नेपाल एसबीआई बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, विकास ऋणपत्र २०८६ ‘ख’, सिद्धार्थ इन्सुरेन्सको शेयर सूचीकृत भएका थिए।

Loading...