बलात्कारी बाबाका समर्थनमा तान्डव, ३० को मृत्यु सयाैं घाईते

एजेन्सी । बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो  ।

हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी करार गरेपछि हिंसा भट्किएको छ ।

शुक्रबार दिनभरमा मात्रै हिंशामा ३० जनाभन्दा बढीको ज्यान गईसकेको छ भने २५० बढी घाईते भएका छन् । हजार बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

अदालतले बाबालाई दोषी ठहर गरेसँगै उनका समर्थकहरुले सञ्चारमाध्यमका प्रतिनिधिहरु पत्रकार तथा फोटो पत्रकार तथा सरकारी अड्डाहरुमा खोजीखोजी आक्रमण गरेका छन् । उनीहरुले फायर ब्रिगेड तथा प्रहरीको गाडीमा समेत आगो लगाईदिएका छन् । शुक्रबार राती पञ्जावको दुई रेल्वेस्टेसनमा समेत आगलागी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यसैबीच भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय हरियाणाको हिंशाको निन्दा गरेका छन् । शुक्रबार राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी अदालतको फैसलापछि सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरिनु निन्दनीय भएको बताएका छन् ।

हिंस्रक आन्दोलनकारीहरुले सरकारी कार्यालयजति सबैमा आगो लगाउँदै हिँडेका छन् । बठिंडा, मानसा तथा फिरोजपुरमा अहिले कर्फ्यू आदेश जारी गरिएको छ । अहिले पञ्चकुला अदालतको चारैतिर उग्र रुपमा हिंसा चर्किरहेको छ । धेरै ठाउँमा अहिले कर्फ्यू समेत उल्लंघन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सिरसा भन्ने ठाउँमा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीको र्यापिड एक्सन फोर्स समेत अहिले सिरसा पुगेको छ । दिल्ली तथा उत्तर प्रदेशको सीमामा अहिले हाई अलर्ट जारी गरिएको छ । भारत सरकारले हिंशा फैलिन थालेपछि अहिले सेनाको ६ वटा टुकडीलाई तैनाथ गरेको छ ।

Loading...