बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो करिब १ करोड नागरिक प्रभावित

एजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् ।

गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।

बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन् ।

बिहारका १२ जिल्लालाई बाढीले बएजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् ।

गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।

बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन् ।

बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ ।

बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।

प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए ।

बिहारमा मङ्गलबारसम्म बर्षा नरोकिएकोले पानीको सतह घटेको छैन । यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् । ढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ ।

बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।

प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए ।

बिहारमा मङ्गलबारसम्म बर्षा नरोकिएकोले पानीको सतह घटेको छैन । यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् ।

Loading...