तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका’ हुँदै

चन्द्र खनाल, टोकियो ।
नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सवै तयारी पुरा भएको जनाएको छ ।

अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा हुने उक्त कार्यक्रममा साँगितिक धमाका मच्याउनका लागि नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि.सी.र नेपाली श्रोता दर्शकले रुचाएका बहुप्रतिभाशाली गायक रमेशराज भट्टराई नेपालबाट जापान आईसकेको आयोजक नवलपरासी समाजका सदस्य तथा गायक सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा गायिका पूर्णकला बि.सी., गायक रमेशराज भट्टराई संगै प्रवासमा रहेर पनि नेपाली गित संगितको क्षेत्रमा लोकप्रियता कमाउन सफल गायक द्वय सूर्य खड्का र माधव सिग्देलको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
जापानमा रहेका विभिन्न संघ संस्थाले तीज विशेष कार्यक्रम गर्नका लागि नेपालबाट कलाकारहरुलाई जापानमा ल्याउने प्रयास गरेपनि हाल जापान सरकारले भिसा दिने प्रकृयामा कडाई गरेका कारण कलाकारहरु नेपालबाट आउन नसक्ने भएपछि जापानमा आयोजना गरिएका तीज विशेष कार्यक्रमहरु स्थगित गरिएका छन । केही आयोजक संस्थाले जापानमै रहेका कलाकारहरुलाई सहभागी गराई कार्यक्रमगर्ने तयारी गरेको बताएका छन ।

टोकियोमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम थोरै हुने भएकाले यस कार्यक्रममा भिड–भाडहुन सक्ने सम्भावना भएकाले आयोजक नवलपरासी समाजले कार्यक्रम लाई ब्यवस्थित र प्रभावकारी बनाउनका लागि आयोजक समितिले विभिन्न उप–समितिहरु मार्फत जिम्मेवारी वाँडफाँड गरी विशेष ध्यान पुर्याईएको समाजका सचिव कृष्ण प्रसाद ढुंगानाले बताउनु भयो ।
प्रति ब्याक्ति २ हजार येन प्रवेश शुल्क राखिएको तीज धमाका कार्यक्रम बाट भएको आम्दानी नवलपरासी बहिरा संघ मार्फत बहिरा बाल–बालिकाको शिक्षाका लागि विद्यालय निर्माण गर्न सहयोग पुर्याउने लक्ष्य रहेकाले मनोरञ्जन सांगै मानवधर्म पनि प्राप्त गर्न सकिने भएकाले कार्यक्रममा उपस्थितिको लागि आम जापानवासी नेपाली समुदायलाई आव्हान गेरेको नवलपरासी समाजका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताउनु भयो ।

नवलपरासी समाजले नेपालमा आएको बाढी प्रभावित क्षेत्रमा पिडितको राहतका लागि कार्यक्रमको आम्दानी बाट केही रकम छुट्याउने र समाजले राहत संकलनका लागि चलाएको सहयोग अभियानबाट जम्मा भएको रकम एकमुष्ट राहतका लागि पठाउने समेत योजना रहेको टिकट विक्रि संयोजक सुनिल सापकोटाले जानकारी दिनु भयो । नवलपरासी समाजल बाढी पिडित राहतका लागि जेपी बैंकको खाता नं. १०३१०–९७७४२१६१ मा सहयोग रकम जम्मा गर्न सार्वजनिक आब्हान गरेकोछ ।

Loading...