सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी

काठमाडौं, २८ असार । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेपछि सरकारले त्यस क्षेत्र आसपासका वासिन्दालाई सचेत रहन चेतावनी दिएको छ ।

मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ ।

सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।

खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ । सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी रहेको केन्द्रले बताएको छ ।

बाढी सूचना केन्द्रका अनुसार सप्तकोसीको चतरा, सुनकोसी नदीको हम्पाचौर, तमोर नदीको त्रिवेणी र वागमती नदीको राई गाउा केन्द्रमा बाढीले खतराको तह पार गरेको छ ।

Loading...