अनुसन्धानको खुलासा, रातमा रुनाले घट्छ मोटोपन !


एजेन्सी । मोटोपन कम गर्न प्रायः मान्छेहरु किसिम किसिमका तरिकाहरु अपनाउने गर्छन, तर तौलमा कत्तिपनि कमी आउँदैन । यसको उपचारको लागि मान्छेहरु पानीसरी पैसा बगाउने गर्छन, जबकि यसलाई रोएर पनि कम गर्न सकिन्छ । सुन्नमा केही अनौठो लाग्न सक्छ, तर एउटा अनुसन्धानले रुँदा मान्छेको तौल कम हुने देखाएको छ ।

एशियन वनमा प्रकाशित एउटा रिपोर्टका अनुसार रुँदा हाम्रो शरिरमा कार्टिसोन नामक हार्मोन उत्पादन हुने गर्छ । शरिरमा यस हार्मोनको स्तर बढ्नाले शरिरको तौलमा गिरावट आउने गर्छ । दोस्रो, तनाबको लेबल बढ्नाले जब हामी रुन्छौं तब आँसुको माध्यमबाट एक विषालु पदार्थ शरिरबाट बाहिर निस्कन्छ जुन शरिको तौल बढाउन धेरै जिम्मेवार रहने गर्छ ।

अध्ययनमा यो पनि खुलासा भएको छ कि जो रुँदापनि सजिलै आँसुु खसाल्दैनन्, उनीहरुका लागि शरिरको तौल घटाउन धेरै मुस्किल हुने गर्छ । अझ रमाइलो कुरा त यो छ कि रोएको नाटक गर्ने या रोएको ढोङ गर्नाले शरिको तौलमा कुनै असर हुँदैन ।

अध्ययनमा भनिएको छ कि मान्छेलाई ३ किसमको आँसु आउने गर्छ, बेसल, रिफ्लेक्स तथा साइचिक । बेसल आँसु प्रायः खुसी हुँदा निस्कने गर्छ जबकि रिफ्लेक्स आँसु निस्कने कारण चुरोको धुवाँ या प्रदूषण हुनसक्छ । साइचिक आँसु निस्कने कारण उत्तेजना हो । यो आँसु निस्कनाले शरिरको तौल कम हुने गर्छ ।

७ देखि १० बजे रातमा रुनाले शरिको तौल निकै छिटो घट्ने गर्छ । यो यस्तो समय हुने गर्छ जब मान्छेको नकरात्मक उत्तेजना उसमा सबैभन्दा बढी हाबी हुने गर्छ ।

यो कुरा पहिले पनि सामुन्ने आएको थियो कि रुँनाले मान्छेको शरिरमा रहेका क्यालोरी धेरै छिटो उत्पादन हुने गर्छ ।

Loading...