इन्जिनै छुट्टिने गरि बीच सडकमा भयानक दुर्घटना

१४ असार, काठमाडौं ।  शनिबार बिहानै  कान्तिपथ सडकमा निकै नै अपत्यारिलो दृश्य देखेर जोकोही निकै अचम्मित भए ।   होटल एलो प्यागोडा अगाडि एउटा कार इन्जिन छुट्टै गाडी छुट्टै सडकमा उल्टो घोप्टिएर रहेको अवस्थामा पाइयो । निकै ठुलो दुर्घटना भएको सहजै अनुमान लगाउन सकिने यो दुर्घटनामा कार चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । ठमेलतर्फबाट जमलतर्फ द्रुत गतिमा गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

ठुलै मानवीय क्षति नभएता पनि ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’को सुचिमा सखेको छ ।

दुर्घटनालगत्तै चालक श्रेष्ठ सहित तीन जनालाई स्थानीयले उद्धार गरी ग्रान्डी सिटी अस्पतालमा पुर्‍याइए सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।   श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । 

चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको दरबारमार्ग प्रहरी स्रोतले बताएको छ ।
अनियेंत्रित भएर उक्त कार बिपरित लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्किएर उत्तानो परेर पल्टिएको छ ।

फोटो – नरेश बाबु facebook बाट 

Loading...