वावुको लाइसेन्स निकाल्न छोरा ट्रायल दिइरहेको भेटिएपछि

वीरगन्ज । पर्साको वीरगन्जमा आफ्ना बुवाको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक युवक पक्राउ परेका छन् ।

बुवाको नाममा मोटरसाइकलको लाइसेन्सका लागि ट्राइल दिन आएका बेला २१ वर्षीय युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २१ वर्षीय अमित रुङ्टा छन् । अमित आफ्ना बुवा राजकुमार रुङ्टाको लागि मोटरसाइकलको लाइसेन्स निकाल्न ट्राइल दिन आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अमित वीरगन्ज महानगरपालिका–२३ प्रसौनीस्थित यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट पक्राउ परेका हुन् । पक्राउ परेका अमितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Loading...