ओम अस्पतालको लापर्वाहीका कारण सामान्य बिरामीको ज्यान गएपछि तनाव

काठमाडौं । पटक पटक विवादमा अाइरहने ओम अस्पतालमा फेरि विवाद आएको छ । लापर्वाहीका कारण बिरामीको ज्यान गएपछि अस्पतालमा विवाद आएको हो ।

 

गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछानेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

 

बुधबार दिउँसो १२ बजे पत्थरीको उपचारका लागि पुगेकी लामीछानेलाई ७ बजे अप्रेशन थिएटरमा लगिएको थियो । ८ बजे उपचारमा संलग्न चिकित्सकहरुले लामीछानेलाई ह्दयघात भएको र हात-खुट्टा दह्रो भएको भन्दै आइसीयुमा सारेका थिए ।

 

पित्त थैलीको सानो पथ्थर निकाल्न पुगेकी सामान्य विरामी लामीछानेलाई राति १ बजे अस्पतालले मृत घोषणा गरेपछि लापर्वाही गर्नेहरुलाई उन्मुक्ति हुन नहुने मृतकका आफन्त पुष्प ढकालले बताए ।

 

अहिले बिरामीका आफन्तहरूले ओम हस्पिटलको चरम लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको भन्दै नाराबाजी गरिरहेका छन् । अाक्रोसित परिवारले अस्पतालमा तोडफोड समेत गरेका छन् । परिवार र उपचारमा संलग्न चिकित्सकबीच वार्ताको प्रयास भइरहेको छ । ओम हस्पिटलमा यतिबेला २ सयको हाराहारीमा प्रहरी तैनाथ गरिएका छन् ।

Loading...