भक्तपुरमा खहरे खोलाले बगाउदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा खहरे खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ र ४ को सीमानामा पर्ने गुण्डुखोलाको भेलले बगाउदा महिलाको मृत्यु भएको हो ।

 

सूर्यबिनायक नगरपालिका ४ की सत्यवती खड्कालाई बिहीबार अपराहृन खोलाले बगाएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । खोला गर्न लागेकी खड्कालाई भेलले बगाएर सय मिटर पुरा पुर्याएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

 

भक्तपुरमा अचानक भएको भारी बर्षाले खहरे खोलाहरु अप्रत्यासित रुपमा बढेका छन । प्रहरीले एक्लै खोलामा नहेलिन अनुरोध गर्नुका साथै घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

Loading...