एनआरएनए जापानको सदस्य पदका लागि ‘कुमार कार्की’द्वारा उम्मेद्बारी घोषणा

एनआरएनए जापानको सदस्य पद्का लागि रेष्टुरेन्ट ब्यवसायी तथा पुर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानका उपाध्यक्ष कुमार कार्कीले पनि उम्मेद्बारी घोषणा गरेका छन ।

कार्कीले समाज सेवा गर्ने उद्धेश्यका साथ आफु एनआरएनए जापानको सदस्य पदमा उम्मेद्बारी दिएको बताउदै सदस्य पदमा निर्वाचित नभए पनि आफु समाज सेवालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

‘म घोषणापत्रमा विश्वाश गर्दैन काममा विश्वाश गर्छु’, भ्रम फैलाउन म सँग कुनै नारा छैन केवल काम गर्ने प्रतिबद्धता म सँग छ ‘ कार्कीले भने ।

बिगतदेखी आफु समाज सेवामा लागिरहेको बताउदै आफुलाई यसपटक निर्वाचित गराउन पनि कार्कीले जापानवासी नेपाली सँग हार्दिक अपिल गरेका छन ।

Loading...