गच्छदारमाथि २ राउण्ड गोली प्रहार गरि लुटियो ४ लाख

सुनसरी, १२ जेठ । अज्ञात समुहले गोली हानेर लघुवित्तिय संस्थाका एक कर्मचारीलाई लुटेको छ । धरान- ४ बाट रकम कलेक्सन गरि फर्केका जीवन विकास लघुवित्त संस्थाका एक कर्मचारी लुटिएका हुन् ।

लुटिनेमा कर्मचारी शम्भुप्रसाद गच्छदार रहेका छन । अज्ञात समुहले गच्छदारमाथि २ राउण्ड गोली हानेर लुटपाट मच्चाएका जानकारी प्राप्त भएको छ । कुइना र कोखामा गोली लागेको गच्छदारटेको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

तीन जनाको समुहमा रहेका लुटेराले गच्छदारमाथि गोली हानी उनीसंग रहेको ४ लाख रकम लुटेर फरार भएव्पछी प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

Loading...