नेकपाका केन्द्रीय सदस्य शितलसहित तीन नेता गिरफ्तार

सुर्खेत, ७ जेठ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्यूरो इन्चार्जसहित तीन जनालाइ गिरफ्तार गरेकाे छ ।

नेकपाका भेरी ब्यूराे इन्चार्ज तथा केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ सहितका तीन जना नेता सुर्खेतबाट पक्राउ परेका हुन् । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपाका भेरी ब्यूरो ईन्चार्ज शितलसँगै नेकपाका सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खडका (यमराज) लाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले नेकपाका भेरी ब्यूराे सदस्य तथा जाजरकाेटका नेता हरिचन्द्र जैसी अनुकूललाइ पनि गिरफ्तार गरेकाे छ । प्रहरीले जैसीलाई जाजरकाेटकाे कुशे गाउँपालिका वडा नम्बर २ टालेगाँउमा रहेकाे उनकाे अाफ्नै घरबाट गिरफ्तार गरेकाे हाे ।

Loading...