महानगर र खुलामञ्च बेच्ने ठेकेदारका सबै कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौ, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।

आइतबार दिउसो महानगरको मुख्यालयमा पुगेको टोलीले बिवादित खुला मञ्चको सटर भाडामा दिएको विषयको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार टोलीले सम्झौतापत्र, संरचना निर्माण गर्न दिएको अनुमतिपत्र लगायतका सम्पूर्ण काजगात छानविनको लागि नियन्त्रणमा लिएको हो ।

टोलीले कामपाले संरचना निर्माणको विषयमा समेत जानकारी लिएको थियो । महानगरले खुलामञ्चमा शौचालय, एउटा क्यान्टीन र टिकट काउन्टर लगायत ६ वटा संरचना निर्माण गर्न स्वीकृत दिएको थियो ।

ठेकेदार कम्पनीले खुलामञ्चमा ५१ वटा सटर निर्माण गरी भाडामा दिएपछि स्थानीयले खुलामञ्च जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । विवाद बढेपछि कामपाले शनिबार खुलामञ्चको संरचना डोजर लगाएर भत्काएको थियो ।

खुलामञ्चको विषयमा थप निर्णय गर्न हिजो बोलाइएको अनुगमन समितिको बैठक रोकिएको छ । उपमेयर हरीप्रभा खड्गी श्रेष्ठ अध्यक्ष रहेको ५ सदस्यीय कमिटीमा कोरम नपुगेपछि दुई पटक स्थगित भएको हो । समितिमा प्रमुख प्रशासकीय अधिकृत, १४ नम्बर वडा अध्यक्ष, ३२ वडाका नगरकार्यपालिकाका सदस्य र भौतिक विकास विभागका प्रुमख सदस्यसचिव थिए ।

बिहान ८ बजे र ११ बजे बोलाइएको बैठक स्थगित गर्नुपरेको समितिका संयोजक खड्गीले बताइन । उनले भनिन– खुला मञ्चलाई व्यवस्थित गर्न कस्तो योजना बनाउने भन्ने ?

Loading...