कर नतिर्ने एनसेल र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने नायिक रेखा थापाको भनाइ

बैशाख १५ ,काठमाडौं । चलचित्र निर्देशक तथा नायिका रेखा थापाले लाभकर तिर्न अटेरी गरिरहेको एनसेल कार्यालयमा सरकारले
तत्काल ताला लगाउँनु पर्ने बताएकी छिन् । सरोकारवालाहरुले पूँजीगत लाभकर नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । खुलेआम राज्यलाइ तिर्नु पर्ने कर नतिरे र नेपाली जनतामाथी अन्याय गरिरहेको एनसेलमा यदि सरकारले ताला लगाउँन नसके जनतालेनै ताला लगाउँनु पर्ने नायिका थापाले आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उक्त धारणा राखेका हुन् ।

भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्,“उता गाउँमा सिटामोल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ ?”

परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताउँदै थापाले कर नतिर्ने एनसेलको सिम बहिस्कार गर्न युवाहरुलाई आग्रह समेत गरिन् । उनले आफरु एनसेललाई कर तिराउने अभियान जारी रहेको बताइन् ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छलि विरुद्धको आन्दोलन कुनै व्यक्ति,संगठन्, पार्टी विशेषको नभएर तीन करोड नेपालीसँग सरोकार राख्ने विषय भएको बताए । अदालतबाट सकारात्मक निर्णय हुने अपेक्षासहित आफुहरुले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको जानकारी दिँदै भण्डारीले सडकबाट पनि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाएका छन् । “एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ । तर हाम्रो सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्” ढुंगेलले भने ।
देश कुशासनको दलदलमा फस्दै गएकोमा भन्दै चिन्ता व्यक्त गर्दै ढुङ्गेलले आफ्नो अभियान राष्ट्रको हितमा रहेको भन्दै आम जनता समक्ष अपील गरे ।

Loading...