इरानबाट तेल किन्ने राष्ट्रमाथि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

सीएनएन । ट्रम्प प्रशासनले इरानबाट तेल किननिरहेका सबै राष्ट्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘इरानबनट तेल आयात गरिरहेका राष्ट्र विरूद्वको छुट जारी नराख्ने राष्ट्रपति डोनाल्ड ट्रम्मले निर्णय गर्दै छन् ।’ उक्त छुट मेको सुरूमा सकिदैं ।छ । ‘निर्णयको उद्देश्य तेल निर्यातलाई शून्यमा झारेर इरानलाई उसको आयको प्रमुख श्रोतबाट विमुख गर्नु हो ।’ वक्तव्यमा भनिएको छ ।

हाल इरानबाट सबैभन्दा ठूलो मात्रामा तेल चीनले किनिरहेको छ । दोस्रो स्थानमा भारत छ । अमेरिकाको यो कदमले यी दुई देशको तेल आयातलाई प्रभाव पार्ने देखिन्छ ।

Loading...