११ महिनापछि नेकपाले निकाल्यो नतिजा : पार्टी एकता कि भागबण्डा

काठमाडौं । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। सोमबार नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरे संगै जिल्ला तहको पार्टी एकता टुंगिएको हो ।

आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक भए पनि नयाँ अनुहार भने पर्न सकेका छैनन् । यस अघि पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई नै भागबण्डामा अध्यक्ष र सचिव नियुक्त गरीएको छ । प्रत्येक जिल्लामा पूर्व एमालेले अध्यक्ष पाउदा पूर्व माओबादीबाट सचिव र माओबादीले अध्यक्ष पाउदा एमालेबाट सचिव नियुक्त गरिएको छ ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सूची सार्वजनिक गरियो। नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनामा बल्ल जिल्लास्तरमा नेतृत्व चयन गरेको हो ।

यस्ताे छ सुची

Loading...