एक हप्ताभित्र ३९ अर्ब कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको अल्टिमेटम

काठमाडाैं । सर्वोच्च अदालतले कर निर्धाण गरी ३ महिना भित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड कर बुझाउन एनसेललाइ निर्देशन दिएकाे छ ।

ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर निर्धारण गरेर एक हप्ताभित्र बुझाउन याे निर्देशन दिएकाे हाे । कार्यालयले एनसेललार्इ ३९ अर्ब ६ कराेड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको हो।

ठूला करदाता कार्यलयले एनसेल बिक्रीमा कूल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ रकम पूँजीगत लाभकर निर्धारण गरेको छ। अहिलेसम्म पुँजीगत लाभकर वापत अग्रिम रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो। कम्पनी बिक्री गर्दा पूँजीगत लाभकर तिर्नै नपर्ने भन्दै एनसेलले कर तिर्न आनाकानी गरिरहेको थियो। त्यसछपछि यो मुद्दा अदालतमा प्रवेश गरेको थियो।

मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण इजलासले एकमुष्ट सुनुवाइ गर्दै कर उठाउन आदेश दिएको थियो। त्यही फैसलाका आधामार ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो।

ठूला करदाता कार्यालयले एनसेललाइ कर बुझाउन एक हप्ताको समय दिएको छ।

Loading...