धरानमा भयानक दुर्घटना कार र बस ठोक्किँदा ३ को मृत्यु, ५ को अवस्था चिन्ताजनक

काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कारमा सवार ३ जना अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको छ । इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएको डीएसपी फुयालले जानकारी दिए । घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

Loading...