बिस्केटमार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्यढंगले प्रस्तुत हुन प्रमुख प्रजापतिको अपिल

भक्तपुरमा मनाइने जात्राहरुमध्ये सबैभन्दा महत्वपूर्व बिस्केट जात्रालाई सभ्य र भब्य बनाउन सद्भाव र्याली सम्पन्न भएको छ । र्याली पछि आयोजित कोण सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा मार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्य ढंगले प्रस्तुत हुन अपील गरेका छन ।

बुधवार बिहान दत्तात्रय देखि शुरु भएर तौमढीमा सम्पन्न र्यालीलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले बिस्केट जात्रा जात्रा मात्र नभएर भक्तपुरको पहिचान पनि भएको प्रष्ट पारे । उनले भक्तपुर चिनाउने यो जात्रालाई सम्पन्न गर्ने क्रममा कुनै पनि झैँ झगडा वा गलत संदेश जानु नहुने जिकिर गर्दै सबैले संयमित र शान्त भै जात्रा मनाउनुपर्नेमा जोड दिए ।

”भक्तपुरको लागि यो पर्व आफ्नो कला र सस्कृति प्रस्तुत गर्ने एक परीक्षा पनि हो । यसर्थ यो परीक्षामा हामी राम्रो नतिजा सहित पास हुनैपर्छ ।” प्रमुख प्रजापतिले भने ।

उनले बिस्केट जात्राको अवसर पारेर सुरक्षा, सरसफाई, सडक बिस्तार ,खानेपानी, बिजुलीको तार व्यवस्थापन लगायतका कुराहरुमा अझ बढी ध्यान पुर्याइएको जिकिर गर्दै नगरबासीलाई आवश्यक थप सहयोगको लागि नगरपालिकाको ढोका सदैव खुला रहेको बताए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरलाई अपराध मुक्त नगर बनाउने अभियान संचालन गर्न लागिएको खुलासा गर्दै बिस्केट जात्रामा कसैले अपराध उन्मुख कार्य गर्न खोजेमा त्यो सह्य नहुने बताए भने भक्तपुरका प्रहरी प्रमुख हिमालय श्रेष्ठले ब्यापक रुपमा प्रहरी र स्वयंसेवक परिचालन गरिएको र ठाउठाउमा सीसी क्यामेरा जडान गरिएको जानकारी गराउदै झगडाको बाताबरण बनाउन खोज्ने जो कोहीलाई तुरुन्तै पक्रने र कारवाही गर्ने दावी गरे ।

उक्त अवसरमा गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए भने वडा नम्बर ४ का वडाध्यक्ष चवालले सबैजना एक ढिक्का भएर जात्राको आनन्द लिन उत्सुक रहेको जनाए ।

नगर क्षेत्रका २ दर्जन बढी संघसस्था र बिभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थितिमा संचालित उक्त कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाल मानव अधिकार संगठन भक्तपुरका सभापति रामकृष्ण मानन्धरले ननस्टपखबरसंग कुरा गर्दै जात्राको प्रत्यक्ष प्रशारण गर्न सके उच्छ्रीखल गतिविधि गर्नेहरु स्वत: निरुत्साहित हुने र ढुक्क भएर जात्रा मनाउने बाताबरण बन्ने बताए ।




नौ दिन र आठ रातसम्म मनाइने यस प्रसिद्ध जात्रा भक्तपुर नगरपालिका ५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तान्ने क्रमसँगै शुरु हुनेछ । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ। उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रामा मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढाल्ने परम्परा लिच्छवीकालदेखि चलिआएको छ ।

बिस्केटको कथा

बिस्केट जात्राको वास्तविक नाम बिस्काः जात्रा हो । यो जात्राको विभिन्न रमाइला आख्यानहरु रहेको छ । कुनै समयमा भक्तपुरकी राजकुमारी जो संग बिहे गर्छ उ अर्को बिहानी राजा घोषणा गर्न नपाउदै मृत्यु हुन्थ्यो भन्ने किंवदन्ती रहेको छ । राजाबिनाको यो देसमा राजकुमारीसंग बिहे गरि राजा बन्ने इच्छा हुने कोहि नपाए पछि सबै चिन्तित हुनु स्वभाविकै थियो । सबैको सल्लाह मुताबिकै यो घटना नसुनिएको धेरै टाढा राजा बन्ने ब्यक्ति खोज्दै जाँदा एक ब्यक्ति राजी भए । तर, आफुलाई नै किन प्रस्ताब राखियो भन्ने बारेमा मनमा अनेक सोच्छन् । निडर उनको बिहे राजकुमारीसंग हुन्छ । त्यस रात निकै सोचमा रहेका उनले अचानक राजकुमारीको नाखबाट बिस्तारै सानो सर्प निस्की बिशाल भयानक अजिङ्गरको रुपमा देख्छ । निडर ति बहादुरले खड्ग प्रहर गर्दै तिन टुक्रा पारी त्यो सर्पलाई काटिदिन्छ ।

बिहान दरवारका भादारहरु रगतको धारा कोठाको ढोकाबाट निस्किदै गरेको देखेर निकै डराउछन । कोठाको ढोका बिस्तारै खोल्दै सकुशल ति बहादुर बाहिर आएपछि सबै दंग पर्छन । बिषधारी नाग मारिएको खुसियालीमा ३२ हात लामो नागको प्रतिक नागपात लिंगोमा ठद्याइ कालान्तरमा बिस्का जात्राको रुपमा मनाउन थालिएको किम्वदन्ती रहेको छ ।

Loading...