युवा नेत्र सेवाबात संचालीत नवौ “एक कप चिया दान अभियान ”कार्यक्रम सम्पन्न

   

 चैत्र १६, काठमाडौँ / दैनिक एक कप चिया बराबरकाे संकलन रकम बात दृष्टिविहीनलाई उपचार तथा दृष्टि प्रदान गर्दै आएकाे संस्था “युवा नेत्र सेवा”को “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।अभियानका अध्यक्ष सिद्धार्थ रञ्जितको सभापतित्वमा भएको कार्येक्रममा प्रमुख अतिथि बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ अतिथिहरु बरिष्ट रचनाकार नवराज लम्साल ,नेपाल भाषका चर्चित संगीतकार मनराजा नकर्मी ,गीतकार संगीता शाक्य थापा , बाला श्रेष्ठ, सुरेन्द्र प्रसाद ढकाल र अास्था सुवेदी लगाएत उपस्थित थिए । 

 
दैनिक एक कप चियाको मूल्य बराबर अर्थात दैनिक १५ रुपैयाको दरमा वर्षभरीको चियाको पैसा ९५ हजार ४७५ रुपैयाँ दान आफ्ना सदस्यहरुबाट संकलन गरेर बनेको संस्था निम्नवर्गका विरामीहरुको निःशुल्क आँखाको उपचारमा सहयोगको कार्यक्रम गर्दै आएको छ ।
अभियान अन्तर्गत हाल ४०० सदस्य रहेकोमा देशविदेश बात समेत ८२ आजीवन सदस्य संख्या रहेको सस्थाले बताएको छ । संस्थाका अध्यक्ष एवम् वरिष्ठ नेत्र विशेषज्ञ सिद्धार्थ रंजितको नेत्रित्वोमा संस्थाले काठमाडौ उपत्यकाका साथै देशका दूर्गम स्थानका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच तथा आँखा शिविर सञ्चालन गर्नका लागि ५०० दाताहरुबाट संकलित “एक कप चिया दान अभियान” अन्तर्गत युवा नेत्र सेवाले सञ्चालन गर्दै आएको छ ।

Loading...