सुदर्शनमाथि हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा

काठमाडौं । काभ्रेकाे एक गाउँबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश अाेली सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएकाे हाे । 

ललितपुर जिल्ला अदालतका न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले सुदर्शनसहित ९ जनालाइ नै ८ दिनको म्याद थप गरेको छ । सुदर्शनका तर्फबाट ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । कानुन व्यावसायीहरुले राजनीतिक दलालाइ ‘अपराधिक समूह’ भन्दै संगठित अपराधजस्तो अन्तर्राष्ट्रिय अपराधिक गिरोहलाइ लगाउने कानुन सुदर्शनसहितका नेता कार्यकर्तालाई लगाउन नमिल्ने भन्दै बहस गरेका थिए ।

प्रहरीले सुदर्शनसहित ९ जनाबिरुद्ध हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा लगाइएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ । प्रहरीले नेता सुदर्शनलाइ अहिलेसम्म कसैलाई पनि भेट्न दिएको छैन ।

शुक्रबार गिरफ्तार गरेका सबैलाई प्रहरीले ललितपुरको जंगलमा एकरात बेपत्ता पारेरको परिवारको आरोप छ । सुदर्शनको टोलीलाई ललितपुरको ठेचो पुर्याएर प्रहरीले हतियार भिराएको परिवारको आरोप छ । प्रहरीले अदातमा पेस गरेको फाइलमा ५ थान हतियार बरामद गरिएको उल्लेख छ । सअघि भने प्रहरीले उनीहरुकाे साथाबाट हतियार बरामद भएकाे विषयमा केहि जानकारी दिएको थिएन ।

सुदर्शनसहित गिरफ्तार परेका धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि रहेका छन् । उनीहरु सबैलाई एउटै मुद्दा लगाएको छ । यता नेता सुदर्शनको पारिवारिक स्रोतले पनि उनलाई जबर्जस्ती फसाउन खोजिएको भन्दै आम संचारकर्मी र मानवाधिकारकर्मीको ध्यानाकर्षण गराएका थिए ।

केहिदिन अघि प्रहरीले सुदर्शनलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । उक्त अप्रेशनका क्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई बुधबार पक्राउ गरेको थियाे ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने मध्ये सुदर्शन सबैभन्दा माथिल्लो तहका नेता हुन् ।उनीभन्दा अगाडि पाेलिटब्यूराे सदस्य माेहन कार्की जिवन्त ललितपुरस्थित अाफ्नै काेठाबाट पक्राउ परेका थिए । 

Loading...