काभ्रेबाट पक्राउ परेका नेता सुदर्शनलाई प्रहरीले ललितपुरको थेचु पुर्‍यायो, जबर्जस्ती हतियार भिडाउने योजना

काठमाडौं । काभ्रेबाट गिरफ्तार परेका नेकपा कम्युनिष्ट पार्टीका प्रभावशाली नेता सुदर्शनलाई प्रहरीले काठमाडौं ल्याउनुको साटो ललितपुरको बिकट गाउँपालिका थेचु पुर्‍याएको छ ।

नेता सुदर्शन हतियारसहित समातिएको दावी गर्न उनलाई प्रहरीले ललितपुरको थेचु पुर्याएको र त्यहाँ जबर्जस्ती हतियार भिडाउन खोजिएको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन् । सुदर्शन सवार ‘गाडीमा एक वटा पेस्तेल र बिस्फोटक पदार्थ जिलेटिन भेटिएको’ भन्दै फसाउन खोजिएकाे नेकपा स्रोतले समेत जनाएको छ ।

नेता सुदर्शनका एक पारिवारिक सदस्यले भने “उहाँ (सुदर्शन)सहित गिरफ्तार परेका नेता कार्यकर्तालाई काभ्रेबाट काठमाडौं ल्याउनुको साटो ललितपुर पुर्‍याएको छ । त्यो ललितपुरको अलि बिकट गाउँ रैछ । त्यहाँ प्रहरीले जबर्जस्ती हतियार भिडाउन खोजेको देखियो ।”

यस विषयमा चासो व्यक्त गरिदिन परिवारजनले आम मिडिया जगत र मानवाधिकार आयोग र सबै सरोकारवाला विषयको ध्यानाकर्षण गरेका छन् । ती पारिवारिक सदस्यले भने- ‘उहाँहरुलाई निशस्त्र समातेको हो । तर हतियार खरखजानासम्बन्धि मुद्दा चलाउन सजिलो हुन्छ भन्ने उदेश्यले उहाँलाई जबर्जस्ती हतियार भिडाउन खोजिएको हुनसक्छ । तपाईजस्ता मिडियाले यो विषयमा लेखिदिनुस् कृपया ।’

काभ्रेबाट सुदर्शनलाई सिधै काठमाडौं ल्याउनुपर्ने ठाउँमा प्रहरीले किन असम्बन्धित ठाउँ ललितपुर थेचु पुर्‍यायो भन्ने प्रश्न यतिबेला खडा भएको पारिवारिक स्रोतले बतायो ।

नेपाल प्रहरीको विशेष व्युरोले सुदर्शनसहित ९ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेमा पुरै गाँउ नै घेरा हालेर गिरफ्तार गरेको हो । तर महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले भने काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेको अवस्थामा ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको दावी गरेको छ ।

सुदर्शनसहित गिरफ्तार पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

Loading...