राष्ट्रपतिको पाइला पर्नु ठीक अघि विमानस्थलमा बिच्छ्याइएको रातो कार्पेटमा ठूलो सर्प

काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो । सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ ।

सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिए पनि राष्ट्रपतिको रातो कार्पेटमा नै सर्पले यात्रा गर्दासम्म कसैले सर्पलाई धपाउन भ्याएनन् । राष्ट्रपतिको आगमन र उनको स्वागतको समाचार संकलन गर्न पुगेका मिडियाकर्मीकै नजिकबाट अचानक सर्प देखा पर्यो । मिडियाकर्मीसँगै सुरक्षाकर्मीहरु पनि बाक्लै थिए । उनीहरु सबै अलमलमा परे र सर्प त्यहाँबाट विमानस्थलको घाँसतर्फ दौडियो । राष्ट्रपति हिड्ने रेड कार्पेटमा उनी हिड्नु अघि ठूलो सर्प दौडियो र एकैछिनमा झाडीतर्फ लाग्यो ।

राष्ट्रपति भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी हुन् । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो । सोही कार्पेटमा सर्प हिँडेको हो । तर, सर्प कहाँबाट आयो भन्नेबारे केही पनि जानकारी नभएको विमानस्थलले जनाएको छ ।

Loading...