रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलासँगै केपी ओली नेतृत्वको सरकारमाथि आक्रमण

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार लाई गरेको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले समर्थन फिर्ताको निर्णय गरेको हो ।

जिल्ला अदालत कैलालीले राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्षमण्डलको बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ, ”सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकोले राजपा नेपालले के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गरेको छ ।”

”थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वा्चित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलिय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने र समग्रमा सरकारको एक वर्षे कार्यकाल पूर्णतः असफल रहेको राजपाको ठहर छ ।

हेर्नुहाेस् विज्ञप्ति

Loading...