ओली र कुँवरलाई बेलायतमा बस्ने नेपालीको सहयोग

काठमाण्डौ, २२ फागुन । बेलायतमा बस्ने नेपालीले करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दुइ जना युवकलाई आर्थिक सहयोग गरेका छन ।

रुकुमका कृष्ण ओलीलाई १ लाख दश हजार र बाँकेका बुद्धिमान कुँवरलाई ४८ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । ओलीलाई हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ र सम्पादक विनोद ढुंगेल तथा कुँवरलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लेखनाथ न्यौपानले रकम हस्तान्तरण गरे।

ओलीलाई गत जेठमा दाङ र कुँवरलाई एक वर्ष पहिले भारतको शिमलामा काम गर्ने क्रममा करेन्ट लागेको थियो । उपचारका क्रममा दुई जनाकै दुवै हात र एउटा खुट्टा काटिएको छ ।

गोर्खा सत्याग्रह संघर्ष समितिका सचिव शैन्द्र थापाको पहलमा रकम संकलन गरिएको थियो र त्यसमा ४१ जनाले सहयोग गरेका थिए ।

Loading...