सडक कब्जापछि कमल थापाको चेतावनी ‘लोकतन्त्र लुटतन्त्र भयो, अब तेस्रो जनआन्दोलन गर्छौ’

पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन । दोस्रो जनआन्दोलनका बेला गृहमन्त्री रहेका थापाले ब्यापक दमन गरेको आरोप सेलाउन नपाउदै उनले आफ्नो नेतृत्वमा तेस्रो जनआन्दोलन हुने चेतावनी दिए ।

मंगलवार गृहजिल्ला मकवानपुर आएका थापाले उक्त चेतावनी दिएका हुन् । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे मागहरुको सम्बोधन नभए सडक संघर्षमा उत्रने र त्यसलाई समेत बेवास्ता गरे देशमा तेस्रो जनआन्दोलन सुरु हुन उनको जिकिर थियो ।

मकवानपुरको हेटौंडामा मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियान’ अन्तर्गत्आमसभालाई सम्बोधन गर्दै उनले सनातन हिन्दुराज्यको लागि जस्तो सुकै कदम चाल्न तयार रहेको समेत स्पष्ट पारे । अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र भैरहेको समेत आरोप लगाए । केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको आडमा लुटतन्त्रलाई प्रश्रय दिएको उनको आरोप थियो । आमसभामा राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ लगायतले पनि सम्बोधन गरेका थिए ।

हेटौडाको बुद्धचोक देखि सीमा चोक सम्म सडक नै कब्जा गरि आमसभा गरिएको थियो । चौरहरु हुदाहुदै सडकमा कुर्सी नै राखेर आम सभा गर्न दिएको विषयले सामाजिक संजाल निकै तताएको छ । आन्दोलनमा त् सडक कब्जा हुन्छ नै तर आम सभामा कुर्सी नै राखेर आम सभा गरिएपछि राप्रपा र स्थानीय प्रशाशन प्रति सरकार समर्थकहरुले गहिरो आक्रोस पोखिरहेका छन ।

Loading...