भारतीय वायुसेनाले पाकिस्तानी भूमीमा १००० किलोको खतरानाक बम खसाल्दा ३०० मानिस मारिए

काठमाडौं, १४ फागुन । भारतले पाकिस्तानमा मंगलबार ठूलाे आक्रमण गरेकाे छ । भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर क्षेत्रमा प्रवेश गरी एक हजार किलोको बम प्रहार गरेकाे पुष्टि भएकाे छ ।

मंगलबार राती ३ः३० बजेदेखि नै भारतले पाकिस्तानी भूमिमा लगातार आक्रमण गरेकाे हाे । भारतले आफ्नाे आक्रमणमा करिब ३०० जना ‘आतंककारी’ मारिएको पनि दावी गरेकाे छ। भारतीय सञ्चारमाध्यमहरुले यसकाे ठूलाे प्रचारप्रसार गरेका छन् । इण्डिया टुडेले जनाएअनुसार भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा आक्रमण गरेकाे हाे ।

भारतीय वायुसेनाको मिरात २००० सहितका लडाकु जेट विमानले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेर आक्रमण गरेकाे बताइएकाे छ । भारतले यस आक्रमणबाट आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरेको छ। याे आक्रमणबाट लडाकु विमान विनाक्षति भारत फर्किएको पनि भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसअघि पाकिस्तानमा आधारित जैश–ए–मोहम्मदले १४ फेब्रुअरीमा जम्मू–कास्मिरको पुलवामामा आक्रमण गर्दा ४० जना भारतीय सैनिक मारिएका थिए । त्यसयता भारत र पाकिस्तानबीच तनाब बढेको छ। भारतीय सेनाले त्यसैको बदलास्वरुप राती लडाकु जेटबाट बम आक्रमण गरेको बताइएको छ।

तीव्र गतिका १२ वटा शक्तिशाली मिराग २००० युद्धक जेट विमान मंगलबारको आक्रमणमा समावेश भएकाे बताइएकाे छ । ती विमानले एक हजार किलोभन्दा बढी बम बालाकोटमा खसालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । मिराग २००० विमान पुरानो भए पनि विश्वको शक्तिशाली युद्ध विमानको दशौं नंबरमा पर्दछ। यसलाई भारतले भर्खरै पुनसंरचना गरेको थियो। मिराक २००० फ्रान्सेली कम्पनी डासल्ट एभियसनको उत्पादन हो। जुन भारतीय सेनाको मेरुदण्ड हो। मिराग २००० विमानले २० टनसम्मको बम बोक्नसक्छ।

मंगलबार बिहानै पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको आरोप लगाएका छन्। ‘भारतीय लडाकु विमान मुजफ्फराबाद क्षेत्रबाट पाकिस्तानमा घुसपैठ गरे र बालाकोट क्षेत्रमा बम खसाले’, मेजर जनरल आसिफ गफूरले ट्वीटमा भनेका छन्, ‘पाकिस्तानको वायु सेनाले तुरुन्त प्रतिकार गर्यो र भारतीय लडाकु विमान फिर्ता गए।’ उनले पाकिस्तान अधिनस्थ कास्मिरमा कुनै हताहती नभएको दाबी गरेका छन् । सोमबार मात्र पाकिस्तानी सेनाका एक उच्च अधिकारीले आफ्नो सशस्त्र बल ‘कुनै पनि भारतीय आक्रमणको दुस्साहसको प्रतिक्रिया दिन पूरै तयार रहेको’ बताएका थिए।

पाकिस्तानी भूमिमा प्रवेश गरेर भारतले गरेकाे यो आक्रमण ४८ वर्षपछिको पहिलो आक्रमण भएकाे बताइएकाे छ। यसअघि सन् १९७१ मा भारतीय वायु सेनाले पाकिस्तानी सिमाना पार गरेका थिए । त्यसयता खतरनाक भनिएको भारत र पाकिस्तानको कार्गिल युद्धमा समेत भारतीय सेनाले सिमाना पार गर्ने साहस गरेका थिएनन्।

युद्धक विमानले बिहान ३ बजेको समयमा पाकिस्तानी उच्च सुरक्षा सतर्कताको माझमा उसको भूमिमा आक्रमण गरेको थियो। जब पाकिस्तानी सेनाले कारवाही गर्ने प्रयास गर्यो, भारतीय विमानहरु फर्किसकेका थिए। भारतले २१ मिनेटमा पूरा कारवाही सक्काएको बताएको छ। ९० सेकेन्डभित्र बालाकोटमा बम आक्रमण गरेको थियो।

भारत सरकारका अधिकारीहरुका अनुसार बालाकोटमा २ सयदेखि ३ सयको संख्यासम्म आतंकवादीको मृत्यु भएको अनुमान छ। जहाँ जैस–ए–मोहम्मद समूहका प्रमुख मसुद अजहरका श्रीमतिका भाई युसुफ अजहरको निधन भएको आशंक गरिएको छ।

भारतले यो आक्रमण बदला नभएको तर पूर्व सतर्कताको आक्रमण भएको जनाएको छ। भारतले आतंकवादीले फेरि आक्रमणको प्रयास गरेकाले उनीहरुभन्दा अगाडि नै आफूले आक्रमण गरेको जनाएको छ।

Loading...