‘प्रकाण्ड’ का पुत्र नरेन्द्र २० हजार बुझाएर निस्किए

विराटनगर, १४ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा थुना मुक्त भएका छन । पक्राउ परेको २५ दिनपछि उनी छुटेका हुन् ।

माघ १७ गते उनलाई बिराटनगर बिमानस्थल बाट तीन राउण्ड गोलीसहित पक्राउ गरिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धानको लागि म्याद थप गर्दै राखेको थियो । उनलाई जिल्ला प्रशाशन कार्यालय मोरंगले २० हजार रुपैया धरौटी लिएर छोडेको जानकारी प्राप्त भएको छ ।

नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्षसमेत रहेका नरेन्द्र नेकपाका पार्टी प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का पुत्र पनि हुन् ।

Loading...