प्रचण्डले भने, सबै कुरा छोडेर खेती गरेर बसूँ जस्तो लाग्न थाल्यो

भक्तपुर, ११ फागुन । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका हुन् ।

शनिवार भक्तपुरको ठिमी चारदोबाटोमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उनले भने, ” हाम्रा युवाहरु सुनको टुक्रा जस्तो जमिन बाझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्छ । म आफै सबैकुरा छोडेर खेती गरेर बसूँ भन्ने लाग्छ । ” युवाहरुले सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले राज्यले कृषि र शिक्षामा पर्याप्त बजेट छुट्याउन नसक्दा पर्याप्त प्रतिफल प्राप्त हुन् नसकेको औल्याउदै कृषि र शिक्षामा बिकाश नभई अरु क्षेत्रमा नेपालले विकाश गर्न नसक्ने समेत बताए । साे अवसरमा कृषि मन्त्री चक्रपाणि खनाल बलदेवले सरकारले युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रमहरु ल्याएको जिकिर गर्दै छिट्टै नेपालमा कृषि क्रान्ति मार्फत समृद्धिप्राप्त हुने बताए ।

Loading...