भारी हिमपातले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोटका मनोरम दृष्यहरु

डोल्पा । यो हिउँदमा कर्णाली लगायत देशका उपल्लो हिमाली भेगमा अत्यधिक हिमपात परेको छ । हिमपातका कारण यस क्षेत्रको जनजीवन पूर्णत प्रभावित भयो । यसैक्रममा डोल्पाको एक मात्र हवाइ मैदान जुफाल एअरपोर्ट हिउले टमक्क ढाकिएका कारण केही दिन हवाइ यातायात नै अवरुद्ध बन्न पुग्यो ।

आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका डोल्पासहित हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाका बस्ती र डाँडा हिँउले सेताम्य भए । केही साता अघिसम्म सुख्खा देखिने डाँडाहरु हिँउले भरिभराउ भए भने डोल्पाको जुफाल एयरपोर्ट पनि हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारियो ।

भारी हिमपातपछि जेठमा पाक्ने गरी मंसिरमा लगाइएका बाली पनि सप्रने देखिएकाे छ । त्यस्तै बर्खेबालीका लागि समेत यसले फाइदा गर्ने भन्दै कर्णालीका कृषकहरु उत्साहित भएका छन् । खेतबारीमा लगाइएका गहुँ, जौं, उवालगायतका बालीका लागि पुस, माघमा बर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपातपछि कर्णालीका कृषकहरु धेरै उत्साहित भएका हुन्।

हिमपातले उम्रिन बाँकी अन्न बालीहरु उम्रिने र उम्रिसकेको अन्न बालीहरु बढ्ने भएपछि जिल्लाभरका कृषकहरुमा खुशी छाएको छ। कर्णालीका अन्य जिल्लासँगै डोल्पाको त्रिपुराकोट, लिकु, माझफाल, पहाडा, करेलीकाँडा, काइगँउ लगायतका बस्तीहरुमा बाक्लो हिँउ जमेको छ। हिमपातसँगै तल्लो र उपल्लो डोल्पाका अधिकांश भु–भाग हिउँले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ।

जुफाल विमानस्थलमा हिउँ पर्दा हाम्रा सहकर्मीले खिचेका केही तस्विरहरु

 

 

 

Loading...