खुल्ला प्रेम प्रस्ताव

नवीन जैसी

साँझ पर्याे जिन्दगीमा बास दिने काेही छ ?
भाेकाएकाे याे मनलाई गास दिने काेही छ ?

रूने रूवाउने त थुप्रै छन् हजुर यहाँ
छेउमा मलाई हसाई हासी दिने काेही छ ?

खाेजेकाे बेतुककाे क्षणिक माया हाेइन
पलपल हरपल खास दिने काेही छ ?

भेटिएर-छुट्ने दाेबाटाेमा तमाम भेटिन्छन्
धड्कन धड्कुन्जेल सास दिने काेही छ ?

अनन्त यात्रा न हाे जीवन, थाके भने कतै
म छु त ´नवीन` भन्दै सहास दिने काेही छ ?

Loading...