पूर्वमन्त्री बस्नेतले महिला कार्यकर्ताको लाखौ रकम ठगे, फिर्ता माग्दा यौन आशय राखेको आरोप

सल्यान, १८ माघ । पूर्वमन्त्रीसमेत रहेका संघीय सभाका सांसद टेकबहादुर बस्नेतमाथि एक महिलाले ठगी गरेको आरोप लगाएकी छन । सल्यानबाट संघीय प्रतिनिधिसभाका लागि निर्वाचित सांसद बस्नेतले ४ लाख रकम लिएर अहिलेसम्म पनि नदिएको उनकै एक कार्यकर्ताले आरोप लगाएकी हुन् । सांसद बस्नेत सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

सल्यानको बागचौर नगरपालिका वार्ड नं. ८ निवासी महिमा खत्रीले आफूलाई सांसद बस्नेतले यौन आसय व्यक्त गर्दै पटक पटक कुरा गरेको आरोप पनि लगाएकी छन् । मन्त्री बस्नेतले २०७४ असोज ११ गते आफूबाट ४ लाख रकम सापटी लिएको तर अहिलेसम्म पनि सो रकम फिर्ता नगरेको महिमाको आरोप छ । पीडित महिमाले सांसद बस्नेतसँग धेरैपटक पैसा मागेको तर उनले हुन्छ हुन्छ भन्दै अहिलेसम्म पनि टारेको दावी गरेकी छन् । पैसा माग्ने क्रममा सांसद बस्नेतले आफूलाई यौन आसयका साथ भेट्न बोलाएको उनको दावी छ । तर, सांसद बस्नेतका स्वकीय सचिवले भने यो कुरामा कुनै पनि सत्यता नभएको बताएका छन् । उनले पनि फेसबुकबाटै यसबारे आफ्नो खण्डन सार्वजनिक गरेका छन् ।

पीडित महिमाले यस्तो आरोप आफ्नो फेसबुकमार्फत सार्वजनिक समेत गरेकी छन् । यसअघि उनले आफ्ना नजिकका नातेदार, मिडियाकर्मीलाई समेत पूर्वमन्त्री बस्नेतले आफ्नो पैसा खाइदिएको भन्दै गुनासो गर्ने गरेकी थिइन । सांसद बस्नेतले आफू पूर्वमन्त्री भएको धम्की दिँदै आफूलाई जे सक्ने हो त्यो गर भनेर भन्ने गरेको पनि मैमाको आरोप छ ।

उनले आफ्नो फेसबुकमा लेखेकी छन “आफ्नै घरमा पुगेर मैले त्यतिखेर दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुनै आर्थिक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिँदै आउनु भएको छ । त्यति मात्रै होइन म पूर्वमन्त्री पनि हुँ तिमीले जानेको गर म दिन्न भन्दै धम्काउदै आउनु भएको छ ।”

पूर्वमन्त्री समेत रहेका बस्नेतले कहिले एक्लै काठमाडौ आउ, कहिले नारायणगढ आउ भन्दै एक्लै बोलाएको पनि उनको भनाइ छ । उनले फेसबुकमा लेखेकी छन्, “मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो मैले असहमति जनाए तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिदै आउनु भएको छ ।”

संसद बस्नेतले भने यसको कुनै पनि अधार नै नभएको भन्दै यसको खण्डन गरेका छन् । बस्नेतले आर्थिक कारोबार र लेनदेनको विषय भन्दा पनि आफ्नो राजनीतिक चरित्रहत्या गरेर संकट टार्न खोजेको बताएका छन् । साथै उनले यो महिमा आफैले गरेको नभई अरू कसैले लगाएको हुने दावी छ । उनले यसरी आफ्नो चरित्रहत्या गरेको विषयमा साइवर क्राइममा जाने पनि बताएका छन् ।

महिमा खत्रीले फेसबुकमा यस्तो पत्र लेखेकी छन्

सबैलाई नमस्कार ।

विषयः न्याय पाउ भन्ने बारे ।

उपरोक्त समन्धमा म मैमा कुमारी खत्री, सल्यान जिल्ला वागचौर नगरपालिका वार्ड नम्बर ८ मा मेरो घर हो ।
म पुर्व माओवादी कार्यकर्ता समेत हुँ । हाल एमाले र माओबादी केन्द्रको एकता पछि बनेको सत्तारूढ नेकपामा आवद्ध छु । म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जाल मार्फत आफ्ना दुख र र भोग्नु परेको पीडा यही सञ्जाल मार्फत बाहिर ल्याउने बाध्य भएकी छु । मेरो पीडा र बाध्यतालाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझी न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु ।

मैले पूर्वमन्त्री तथा सत्तारूढ दलका नेता टेकबहादुर बस्नेतलाई एउटा असल अभिभावक एवम् जिम्मेवार नेता ठान्दै आए तर दुर्भाग्य बस्नेतले मेरो निजी जिन्दगीमा ठूलो बज्रपात पारेकाले आज बाध्य भएर यी कुरा भन्न गईराखेको छु । पूर्वमन्त्री समेत रहेका बस्नेतले मेरो भावनासँग खेलि आर्थिक एवम् पारिवारिक जीवनमा ठूलो अप्ठ्यारो परेकाले न्यायका लागि सबैलाई अनुरोध समेत गर्दछु ।

पूर्वमन्त्री बस्नेतले मसँग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे । मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कही कतै पाए भने ऋण दिने योजना बनाए । सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथीसँग सापटी लिएर दिने समेत निधो गरे । त्यहीँ अनुसार मैले मन्त्री बस्नेतलाई ४ लाख रुपियाँ काठमाडौ ष्mभ गर्दिने निधो गरे तर उहाँले म सल्यान आउने भएकोले त्यहीँ आएर लिन्छु तयार पारी राख्नु पैसा भन्नु भयो र मैले तयार पारी २०७४ साल ६ महिना ११ गते उहाँको घरमा पुगेर ४ लाख रुपियाँ बुझाए । आफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुन आर्थिक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिदै आउनु भएको छ । त्यति मात्रै होइन, म पूर्वमन्त्री पनि हुँ तिमिले जानेको गर म दिन्न भन्दै धम्काउदै आउनु भएको छ । उहाँले कुनै कुनै बेला एक्लै काठमाडौ आउ, कहिले नारायणगढ आउ भन्दै एक्लै बोलाउन सुरु गर्नुभयो । मैले अस्वभाविक मान्दै गए । उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो । मैले असहमति जनाए । तर, उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिदै आउनु भएको छ । मसँग पैसा लिनु भन्दा अगाडि कहिले तिमिलाई वार्ड सदस्य बनाउने हो भन्दै कहिले नगरपालिकामा चुनाब लडनु पर्छ भन्दै आशा देखाउनु भयो । पैसा लिएपछि मसँग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो तब मैले असहमति जनाए तब उहाँले पैसा समेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकी महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु । एउटा जिम्मेवार नेता एवम् पूर्वमन्त्रीले म जस्तो सामान्य मान्छेको जीवनसँग खेलवाड गरेर के फाइदा हुने रहेछ मैले बुझिन । साथै दुःख गरी व्यापार व्यवसायबाट २÷४ लाखको कारोबार गरी व्यवसायी साथीहरूसँग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्ने बोलाएर मेरो अस्मिता माथि गिद्दे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याई मलाई न्याय पाउँ भनि बाध्य भएर यो लेखेकी छु ।

मैमा कुमारी खत्री
बागचौर ८ सल्यान

बस्नेतका स्वकिय सचिव विष्णु चन्दले गरेकाे यो आरोपको खण्डन यस्ताे छ

माघ २ गते श्रीनगरमा एक जना कमरेडले मलाई भन्नुभयो, ‘तपाईं स्वकिय हुनुहुँदोरहेछ, फलानाले भन्यो भनेर भन्दिनु केहिदिन भित्रै टेकबहादुर बस्नेतलाई ज्वरो आउने बनाउँछौं ।’ अहिले थाहा भयो त्यो के रहेछ भन्ने । यो लेखोटमा म धेरै लेख्दिन किनकि यसको डिजाईन र चावी कहाँ छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । हो, यदि यो कुरा सत्य हो भने म चिन्दिन तर मैमा खत्री भन्ने नारीको न्यायको लागि म पनि साथ दिन्छु । तर मैंले मा. टेकबहादुर बस्नेतलाई चिनेको ५८ सालमा हो र अहिले ७४ चैत २९ गते देखि म उहाँसँगै खान्छु, उहाँसँगै बस्छु, उहाँका २ वटा मोवाईलका ३ वटा सिम नम्वरमा आएका म्यासेज म आफै चेक गर्छु र त्यो अनुसारको वैंक अकाउन्टमा भएको व्यालेन्स देखि मन्त्रि, पार्टि कार्यकर्ताका म्यासेजहरु, उहाँको मोवाईल, उहाँको कम्प्युटर सबै मेरो हातमा छ । र अहिलेसम्म उहाँले दिने लिनेमा दिलिप सोनीलाइ १५ रुपैया दिनुपर्नेसम्मको रेकर्ड मैंले उहाँको डायरीमा भेटाको छु । चक्र विएम दाईले हामी सल्यान हुँदा गर्देको रु ५० को रिचार्जको भुक्तानी समेत उहाँले गर्नुभएको छ । यौनको विषयमा त झन मैंले विश्वासै नगरेको कुरा तपाईले लेख्नुभएको छ । म पदीय जिम्मेवारीमा भएकोले कडा शब्द मलाई लेख्न आएन । म फेरि पनि भन्छु तपाईले लगाएको आरोप सत्य हो भने नेपालमा न्याय दिने संयन्त्र पनि छ नि । मेरो मनले भन्छ तपाईले यो गलत गर्नु भो दिदी । यो विषय अब फेसबुकमा मात्र रहेन साईवर क्राईम अन्तर्गतका प्रोसेससम्म जान्छन् । कल डिटेल होला तपाईलाई नेपालगञ्ज र चितवनमा बोलाएर करनी गर्ने विषय, रकम लेनदेनको कुनै न कुनै प्रमाण होला, ईतिहास टेकबहादुरको त धेरैले बुझेका होलान कमिसारदेखि मन्त्रि भएकाको तर तपाईको ईतिहास र वर्तमानको अनुसन्धान त कानुनी र जाशुसी तवरले अब सुरु हुन्छ । निर्दोष जो हुन्छ उसले ढिलो चाँडो न्याय अवश्य पाउँछ ।

यस्तो छ महिमाको फेसबुकमा लेखेको निवेदन

 

Loading...