टी-ट्वान्टीमा यूएईद्वारा नेपाल यसरी भयो पराजित

काठमाडौं । युएई भ्रमणमा रहेको नेपाल पहिलो टी-ट्वान्टीमा २१ रनले पराजित भएको छ। युएईलस दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि त्यो जितका लागि पर्याप्त रहेन।

यस्तै सोमपाल कामीले २७ रन बनाउँदा कप्तान पारस खड्का २५ रनमा आउट भएका थिए। सन्दिपले ४७ बल खेल्दै ५३ रन बनाए। पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई शून्य रनमा गुमाएको नेपालले त्यसपछि ५० रन नपुग्दै चौथो विकेट गुमाएको थियो।

पाँचौ विकेटका रूपमा रोहित पौडेललाई ४ रनमा गुमाएको नेपालले छैठौं विकेटका रूपमा करण केसीलाई गुमायो। चौथो विकेटका रूपमा कप्तान पारस खड्का २५ बल खेल्दै २५ रन बनाएर आउट भए। खड्काले चार चौका प्रहार गरेका थिए। उनलाई जाहोर खानले सुल्तान अहमदको हातबाट क्याच आउट गराए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल १० बल खेलेर ७ रन बनाउँदै आउट भएका थिए भने २ बल खेलेका दीपेन्द्र सिंह ऐरीले ४ रन जोड्न भ्याए। यस्तै ओपनर प्रदीप ऐरी पहिलो बलमै शून्यमा आउट भए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो।

उसका लागि साइमन अनवारले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै मोहम्मद उस्मानले ३० रन बनाउँदा सिपी रिजवानले २२ रन जोडे। अन्तिममा मोहम्बद बोताले २० रन जोडेका थिए। नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहोराले १-१ विकेट लिए।

अभिनासको टी ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यू खेलमै विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका बोहोराले ३६ रन खर्चिएर १ विकेट लिए।यस्तै सन्दीप लामिछानेले पनि टी ट्वान्टीमा डेब्यू विकेट लिए। यसअघि २ खेल खेलेका सन्दीप विकेट बिहिन थिए। तर आज युएई विरूद्धको पहिलो खेलमै २ विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए।

यस्तै ३ ओभर बलिङ गरेर १६ रन खर्चिएका सोमपालले १ विकेट लिए। सबैभन्दा महङ्गा भएका करन केसीले ४३ रन खर्चिँदै १ विकेट लिए। कप्तान पारस खड्काले पनि १ ओभर बलिङ गर्दै १० रन खर्चिएका थिए। ४ ओभर बलिङ गरेका बसन्त रेग्मीले पनि २ विकेट लिन २३ रन खर्चिए।

व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका कप्तान मोहम्बद नाबिदलाई स्टम्प आउट गरे। यसअघि टी ट्वान्टीमा डेब्यू गरेका अभिनास बोहोराले टोलीका लागि पाँचौ विकेट लिएका थिए। उनले १६.५ ओभरमा युएईका लागि ५९ रन बनाएर खेलिरहेका साइमान अनवारलाई बोल्ड गरेका हुन्।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए। चौथो सफलताका क्रममा सन्दीपले १३.५ ओभरमा मोहम्बद उसमानलाई आउट गराएका हुन्। यो सँगै सन्दीपले युएईका लागिस साइमान अनवारसँगको ६१ रनको साझेदारीसमेत तोडिएको छ। सन्दीपले उसमानलाई

यसअघि सोमपाल कामी, र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए। सुरूवाती दोस्रो ओभरमै सन्दीप लामछानेले पहिलो विकेट लिए। आफ्नो व्यक्तिगत पहिलो ओभरको पहिलो बलमा सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा बसन्त रेग्मीको हातबाट क्याच आउट बनाएका थिए।

यो सन्दीपको टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू विकेट हो। यसअघि दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका सन्दीप विकेट विहिन थिए। यस्तै आफ्नो व्यक्तिगत दोस्रो ओभरमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाए। उनले युएईका गुलाम सहबरलाई ८ रनमा भीम सार्कीको हातबाट क्याच गराए। उनले आफ्नो व्यक्तिगत तेस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।

नेपालका लागि चौथो विकेट बसन्त रेग्मीले लिए। उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई २२ रनमा प्रदीप ऐरीको हातबाट क्याच आउट गराए।

Loading...