कसले जलायो विराटचोकमा एकाएक १ दर्जन ट्रिपर, प्रशासनले लगायो कर्फ्यू

विराटनगर, १४ माघ । मोरङको विराटचौकमा एकाएक १ दर्जन ट्रिपर जलाइएका छन् । जिल्लाकाे सुन्दर हरैचामा नगरपालिका स्थित बिराटचाेकमा प्रहरी नजिकै हुँदा हुँदै पनि यसरी ट्रिपर जलाइएका हुन् । अागजनी बढेपछि सुन्दर हरैंचामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

ट्रिपरकै ठक्करबाट स्थानीय एक बालिकाको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले अागजनी गरेका हुन् । प्रहरीले समयमै नियन्त्रणमा लिन नसक्दा यति धेरै ट्रिपरमा अागजनी भएकाे बताइएकाे छ ।

बिहान ११ बजेदेखि पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञा (कर्फ्यु) को अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । आक्रोशित बनेका स्थानीयले एक दर्जन ट्रिपरमा आगजनी गरेका छन ।

आज विहान ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक शान्तिटोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन । आक्रोशित स्थानीयले हालसम्ममा ११ वटा ट्रिपरमा आगजनी गरेका हुन ।

विराटचाेकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हाे । मृतक बालिका ईन्द्रपुर ई स्कुल सुन्दरहरैको कक्षा ३ मा अध्ययनरत थिईन । 

मोरङको विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो। विराटचोक घटनाको विषयलाई लिएर आजै जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको थियो । सुरक्षा समितिको बैठकबाट अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन।

प्रहरीले माइकिङ गरेर जानकारी गरेर कफ्र्युका बारेमा जानकारी गराइरहेको भए पनि स्थानीय बासिन्दाले त्यसको अवाज्ञा गरिरहेका छन् । स्थानीयले बिहानै ११ बजेदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले टिपर आतंक रोक्नु पर्ने र ट्रिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइरहेका छन ।

Loading...