काष्ठमण्डप पुननिर्माणमा तिब्रता , तीन बर्षमा निर्माण सम्पन्न लक्ष्य

       

माघ १० ,काठमाडौं । एेतिहासिक संम्पदा काष्ठमण्डप पुननिर्माणको कामको गति धमाधम तिव्रताका साथ अगाडी बढेको छ । काठमाडौँ महानगर पालिकाले काष्ठमण्डपलाइ जनस्तरबाटै पुननिर्माण गर्न गठित काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यले विहिवार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

काष्ठमण्डप पुननिर्माणको बिषयमा थप जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा काष्ठमण्डपको निर्माण प्रगति के कति र बिज्ञा समूह संगै अगाडी बढिरहेको कामकाबारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मलने गरको अध्यक्ष शाक्यले बताए ।

 तीन बर्षमा निर्माण सम्पन्न लक्ष्य लिएको काष्ठमण्डप समितिका अध्यक्ष शाक्यले पुननिर्माणले औपचारिकता पाईसकको र आगामी २०७६ असारमसान्त सम्ममा भूईतल्लाको काम पुरा भईसक्ने जानकारी दिए ।

पुननिर्माणको कार्यलाई तिव्रता दिन समितिका सबै उपसमिति, विज्ञ समुह, इन्जिनिरियङ समुह, आर्किटेक्टचरहरुले आ–आफ्नो कामलाई सिघ्रता दिदै नयाँ प्रविधि संगै मौलिकता देखिने गरि जगको काम छिटै सम्पन्न गरि यही माघ १५ गतेबाट काष्ठमण्डका विचका मुख्य चार वटा मूलथामहरु माघ मसान्तसम्म उठाई सकिने समितिले बताएको छ । 
पुराना सम्पदा बेलैमा मर्मत सम्माहार नभएका कारण काष्ठमण्डप र अन्य मन्दिरहरु भत्किएको हुनसक्ने सम्पदा विज्ञ प्रेमनाथ मास्केले बताउदै अबबन्ने सम्पदाहरुको समयेमै मर्मत गरिए भूकम्पलाइ दोष लगाउन नपर्ने बताए । 
पत्रकार सम्मेलनमा विज्ञहरु कुलमान शाक्य, पदमसुन्दुर जोशी, परियोजना प्रमुख महेन्द्र श्रेष्ठ, १९ वडा अध्यक्ष शशिलाल श्रेष्ठ, २० वडा अध्यक्ष रोजन्द्र मानन्धर, २४ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ,२३ वडा अध्यक्ष मचा राजा महर्जन र २२ वडा अध्यक्ष चीनिकाजी महर्जनको उपस्थिती रहेको थियो । 
काष्ठपमण्डप पुननिर्माण समितिलाई हालसम्म काठमाडौ महानगरपालिकाबाट ५ करोड पचास लाख आर्थिक सहयोग प्राप्त भएको छ ।       

 

Loading...