सञ्चार सुविधा दिएर स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।

सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताए ।

साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिचार्ज कार्ड दिइने व्यवस्था रहेको प्रमुख उनले जानकारी दिए । वडाका एक स्वयंसेवीको संयोजनमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमका बारेका सोही फोनबाट जनाकारी दिनुपर्नेछ ।

नागरिकको स्वाथ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई थप सुविधा र समयको बचत होस् भनेर उक्त कार्यक्रम ल्याइएको हो ।

कार्यक्रमबाट आगामी दिनमा सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण र बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने प्रमुख गिरीले बताए ।

नगरपालिकाले आव २०७५÷७६ मा सञ्चार सुविधाका लागि रु तीन लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।

Loading...