पृथ्वी राजमार्गमा ३९ यात्रु सवार बस दुर्घटना, एकको मृत्यु

धादिङ, २९ पुस । धादिङको हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाटम रोराङ गाउँपालिका वार्ड नं ९ मा उक्त दुर्घटना भएकाे हाे ।

सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका २ बस्ने १८ वर्षका नरेन्द्र थारु चौधरीका मृत्यु भएको छ।

बाँया खुट्टामा गम्भीर चोट लागेका उनको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने बल बहादुर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बसमा ३९ जना यात्रु सवार थिए।

Loading...