७५ औँ शान्ति काव्य प्रवाहमा बेथिति विरुद्ध आक्रोश

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले २०६८ मंसिर २९ गते प्रारम्भ गरेको शान्ति काव्य प्रवाहको ७५ औँ कार्यक्रम २०७५ पुस २६ गते काठमाण्डौँमा सम्पन्न भएको छ । विगत ७ वर्षको अवधिमा शान्ति समाजले विभिन्न अभियानको सन्दर्भ पारेर काठमाण्डौँ बाहिर पनि बेला बखत शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ ।

प्रत्येक महिनाको अन्तिम विहिबार काठमाण्डौँमा आयोजना गरिने मासिक शान्ति काव्य प्रवाह अन्तर्गत ७५ औँ कार्यक्रममा कविहरुले वाइड बडी जहाज खरिद प्रकरणमा भएको अनियमितता÷ भ्रष्टाचार, निर्मला पन्तको हत्यारा पहिचानमा सरकारी असफलता लगायतका बेथिति विरुद्ध आक्रोश व्यक्त गर्दै कविता वाचन गरेका थिए । कविहरुले एकातिर अरवको तातो घाममा नेपालीहरुले श्रम गर्नुपरेको पिडा अर्कोतिर सत्तासिनहरुमा बढ्दो संवेदनहिनताको चित्रण गर्दै मुलुक किन बन्न सकेन ? भन्ने प्रश्न गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका सभापति सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न ७५ औँ शान्ति काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, पुष्पा धमला, अतृप्त पाण्डे, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, रश्मि रिमाल, पुन्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, गणेशप्रसाद खतिवडा, सर्मिला कार्की, मुकुन्द न्यौपाने, रविन्द्र आशिस शैली, ललिता दोषी, देवकी तिमल्सिना, शिवराम खड्का, अच्युत पौडेल, केशवराज अर्याल, शाया मोक्तान, रत्नलक्ष्मी श्रेष्ठ, कृष्ण पहाडी सहित ३० जना कविहरुले रचना प्रस्तुत गरेका थिए ।

Loading...