मलेसियाको पेनाङमा एक नेपाली युवाको दुर्घटनामा परी मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपालीको आइतबारराति सडक दुर्घटनामा ज्यान गएको छ । बर्दियाको राजपुरका सुरेश केसीको मलेसियाको पेनाङमा ज्यान गएको हो ।

केसी १४ वर्षदेखि मलेसियामा कार्यरत थिए । सँगै कार्यरत नेपालीहरुले जानकारी दिए अनुसार उनी चाँडै घर फर्किने तयारीमा थिए।

त्यहाँ रहँदा उनले इपो, ताइपिङ तथा पेनाङमा रहेर काम गरेका थिए । केसी स्थानीय सञ्चारमाध्यम तथा सामाजिक संस्थामा समेत आवद्ध थिए ।

Loading...